|

मोरङ : कानेपोखरी गाउँपालिका-५ स्थित किसानमा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा एक पूरुषको मृत्यु भएको छ। उपचारका क्रममा मंगलबारे अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दियो। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भै सडकमा पल्टिंदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १२ जनाको पथरी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुलाई मंगलबारे लगायत पूर्वको विभिन्न अस्पतालमा पठाइएको कार्यालयले जनाएको छ।

दुर्घटनामा परी बसमा सवार ४० भन्दा बढी यात्रु घाइते भएका छन्। बसका चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.