|

काठमाडौं : अर्गानिक कफीको स्वाद दिने उद्देश्यले कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफी शप’  सञ्चालनमा आएको छ। विभिन्न पेशामा आबद्ध पाँचजनाको समुहले सञ्चालनमा ल्याएको यस कफी शपमा अर्गानिक कफीका साथै विभिन्न ताज बेकरी आइटम समेत उपलब्ध हुनेछ।

बढ्दो कफी कल्चरलाई मध्यनजर गर्दै सञ्चालमा ल्याइएको यस कफि शपमा बैंकिंग पेशामा डेढ दशक लामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे,  सामिाजिक अभियन्ता मनोज अर्याल लगायतको लगानी छ।

सञ्चालक उद्धवराज थपलियाले तत्काल कफी शपले ९ जनालाई रोजगारी प्रदान गरेको र भविष्यमा अन्य जिल्लामा पनि शाखा बिस्तार गर्ने लक्ष्य राखेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.