|
फोटो : बिस्फोटपछि घटनास्थलमा सुरक्षाकर्मी

भारत : छत्तिसगढ राज्यमा वामपन्थी नक्सलवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ। ‘भारतीय अर्ध सैनिक बल सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले बताए।

घटनामा सात सुरक्षकर्मी घाइते भएका छन्। यस पहिले सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ जवानले धराप विस्फोटमा साहदत प्राप्त गरेका र सात जना घाइते भएका बताइएको थियो। छत्तिसगढ राज्यको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताए। 

उनका अनुसार बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको अर्ध सैन्य समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो। उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो। घटनामा घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि नजिकैको अस्पतालमा पुर्‍याइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.