|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा माओवादी केन्द्रको ३ नं प्रदेशको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुपाल्चोकको सुकुटेमा सोमबार साँझ आइपुगेका छन्।

बैठक केहीबेर अगाडिबाट सुरु भएको माओवादी केन्द्रका सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए। माओवादी केन्द्रको ३ नं प्रदेशका इन्चार्ज हितमान शाक्य, माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी बैठकमा सहभागी छन्।

स्रोतका अनुसार बैठकले नेकपा माओवादी केन्द्र चौतारा साँगाचोकगढी, बाह्रबिसे नगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउनेछ। विवादका कारणले अझै नगरप्रमुखको टुंगो लगाउन सकेको छैन। मेलम्ची नगरपालिकामा भने यसअघि नै श्याम खड्कालाई सर्वसम्मत प्रमुखको टिकट दिइएको छ।

माओवादी केन्द्रका नेता युवराज दुलाल ‘शरद’ चौतारा साँगाचोकगढी नगरपालिका र रामकाजी पौडेललाई बाह्रबिसे नगरपालिकाको उम्मेदवार बनाउने माओवादीको तयारी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.