|
फाइल फोटो

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालका सम्बन्धमा आएका समाचारहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। सोमबार प्रहरीले डीआईजी सिलवाललाई पक्राउ गरेको आसयका समाचार सञ्चारमाध्यमहरुमा आएको थियो।

यसै सम्बन्धमा मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले सिलवालद्वारा सर्वोच्च अदालतमा पेस कार्यसम्पादन मूल्याङ्कन फारामको प्रतिलिपि प्राप्तिको स्रोत र वैधानिकता खुलाउने प्रयोजनले गठित छानबिन समितिले सोमबार पत्र दिई सोधपुछका लागि बोलाएको स्पष्ट पारेको छ।

प्रहरी प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले द्वारा विज्ञप्तिमा पत्र दिएपछि सिलवाललाई आफ्ना कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापासमेतलाई लिई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा बोलाएर सोधपुछ गरी सोही दिन साँझ उनको घरमै सकुशल पुर्‍याइएको उल्लेख छ।

पढ्नुहोस् विज्ञप्ति :

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.