सल्यान : सल्यानमा आगोमा परेर एक वृद्धाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका वडा न ६ छायाक्षेत्र निवासी ६८ वर्षीया बोधी खत्रीको आगो निभाउने क्रममा मंगलबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
आफ्नो बारीमा लगाएको आगो जंगलमा फैलिन थालेपछि निभाउन खोज्दा वृद्धाको शरीरमा आगो सल्किएको थियो। वृद्धा खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।