मौसम र उर्जाको प्रभाव राष्ट्रिय अर्थतन्‍त्रमा

|

काठमाडौं: चालु आर्थिक वर्ष २०७३/७४ मा नेपालको आर्थिक वृद्धिदर २४ वर्ष यताकै सबैभन्दा माथि पुग्‍ने भएको छ। गत आर्थिक वर्ष जम्मा ०.७७ प्रतिशतको आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षमा ६.९४ प्रतिशको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण केन्द्रीय तथ्याङ्क विभागले गरेको छ।

चालु आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रतिवेदनअनुसार आर्थिक वृद्धि भए यो २४ वर्ष यताकै सबैभन्दा बढी आर्थिक वृद्धिदर हुनेछ। आर्थिक वर्ष २०५०/५१ मा नेपालको आर्थिक वृद्धिदर ७.९ प्रतिशत रहेकोमा त्यसपछिका वर्षहरुमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदरसमेत भेटाउन सकेको छैन।

पछिल्लो एक दशकको औसत आर्थिक वृद्धिदर जम्मा साढे ३ प्रतिशतमात्रै रहेको अवस्थामा चालु आर्थिक वर्षमा सरकारी लक्षसमेत साढे छ प्रतिशतको रहेको थियो। तर, तथ्याङ्क विभागले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा भने लक्षभन्दा बढी आर्थिक वृद्धिदर हासिल हुने देखिन्छ। यसअघि एसियाली विकास बैंकले ६.२ प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको थियो।

अनुकूल मौसम, उद्योग क्षेत्रमा लोडसेडिङको कटौति र पूर्वधार निर्माणले पाएको तीव्रताका कारण ७ प्रतिशतको आर्थिक वृद्धिमा सहयोग पुगेको तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्याल बताउँछन्। 'मौसमले साथ दिँदा कृषि उत्पादन बढेको छ, पुन:निर्माणका कार्यले तीव्रता पाउँदा आर्थिक क्रियाकलाप बढेका छन्, साथै उद्योगको योगदानसमेत बढ्न गएको कारण ६.‍‌‍‌‌‍‍‍९४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका छौं,' अर्यालले थाहाखबरसँग भने।

उनले थपे, 'राजनीतिक स्थीरताले लगानीकर्तामा बढेको आत्मविश्‍वासले समेत आर्थिक वृद्धिमा बल पुर्‍याएको छ।'

के को योगदान कति ?

तथ्याङ्क विभागले मंगलबार कुल ग्राहस्थ उत्पादनमा विभिन्न क्षेत्रबाट पुगेको योगदानको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको अनुमान अनुसार सबैभन्दा बढी सेवा क्षेत्रको ५५ प्रतिशत र कृषि क्षेत्रको ३० प्रतिशत योगदान छ।

हेर्नुहोस विस्तृतमा :

क्षेत्र

कुल ग्राहस्थ उत्पादनमा योगदन प्रतिशतमा

सेवा क्षेत्र

५५.९९

कृषि क्षेत्र

३०

उद्योग क्षेत्र

५.६७

निर्माण क्षेत्र

७.१८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.