|
Photo : Goal.com

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साउथम्पटनलाई पराजित गर्दै चेल्सीले उपधि होडमा आफूलाई अग्रस्थानमा कायम राखेको छ।

स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सी ४-२ ले विजयी भयो। उसको जितमा डिएगो कोस्टाले २ तथा इडेन हजार्ड र ग्यारी काहिलले १-१ गोल गरे। साउथम्पटनका लागि ओरिल रोमेउ तथा रायन बर्टाण्डले बललाई जाली चुमाए।

जितसँगै चेल्सीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँगको अंक दूरी ७ मा पुर्‍याएको छ। यद्यपी टोटनह्यामले १ खेल कम खेलेको छ। तेस्रो स्थानको लिभरपूलले ३४ खेलबाट ६६ र चौँथो स्थानको म्यानचेस्टर सिटीले ३२ खेलबाट ६४ अंक जोडेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.