विचार

आमाको महिमा
SHARES

बैशाख १३, २०७४

    मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव। तैत्तिरिय उपनिषद्का यी वाक्यका सामान्य भाव हुन्छ– आमा, बाबु र गुरु देवतासरह हुन् । वा यिनलाई देवतासरह व्यवहार गर/गर्नुपर्छ। जन्म दिने आमा, संस्कार दिने बाबु र विद्या दिने गुरु यी ३ जनाप्रति संधै अनुगृहीत रहने सनातन धर्म–संस्कृतिको परम्परा हो। 

    यी ३ मध्ये पहिलो स्थान आमाकै आउँछ। त्वमेव माता च पिता त्वमेव...जस्ता स्तुति भावका संस्कृतका श्लोकहरूमा पहिलो कोटीमा आमाकै उल्लेख गरिएको हुन्छ। विविध दुःखकष्ट खेपेर दश महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र बात्सल्य दिएर हुर्काउने आमाको महिमा जति नै गाएपनि कम्ती नै हुन्छ। 

    अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ। वेदका विभिन्न प्रसंगले ‘मातेव पुत्रम्’... अर्थात् ‘आमाले छोराछोरीलाई जस्तै’ भन्ने प्रसंग आउँछन्। हाम्रो समाजमा पनि कसैले कसैलाई निस्वार्थ प्रेम देखायो भने ‘आमाले छोराछोरीलाई झैं स्नेह गरेको’ भन्ने चलन छ। संस्कृत भाषामा आमालाई माता, जननी, अम्बालगायतका शब्दबाट जनाइएको छ। ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन्।

    मनुस्मृतिमा ‘सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ। आमाले जस्तै अन्नपानी खुवाएर पालनपोषण गर्ने हुनाले जन्मभूमिलाई पनि आमाकै दर्जा दिइएको छ। माता भूमिः पुत्रो अहं पृथिव्या अर्थात् जन्मभूमि आमा हुन्, म तिनको पुत्र हुँ। संस्कृतको प्रख्यात एक श्लोकमा भनिएको छ, ‘...जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूली हुन्छिन्। 

    मनुस्मृतिमा ‘सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ। आमाले जस्तै अन्नपानी खुवाएर पालनपोषण गर्ने हुनाले जन्मभूमिलाई पनि आमाकै दर्जा दिइएको छ। माता भूमिः पुत्रो अहं पृथिव्या अर्थात् जन्मभूमि आमा हुन्, म तिनको पुत्र हुँ। संस्कृतको प्रख्यात एक श्लोकमा भनिएको छ, ‘...जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूली हुन्छिन्। 

    पुराणहरूले माता (पिता) भन्दा ठूलो अर्को कुनै तीर्थ नै छैनन् भनेका छन्। अर्थात् आमाबुबाको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो। महाभारतको वन पर्वमा 'पृथ्वीभन्दा पनि ठूलो चीज के हो' भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले 'आमा' भन्ने जवाफ दिएका छन्, 'संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।' संस्कृत साहित्यमा भनिएको छ, 'आमासमानको कुनै छायाँ छैन, आमासमान कुनै सहारा छैन र आमासमानको कुनै प्रिय वस्तु छैन।'

    भगवान् राम सौतेनी आमाको वचन शिरोधार्य गर्दै १४ वर्ष वनमा बसेका थिए। भगवान् कृष्णले आफ्ना आमाबाबुलाई कंसको कालकोठरीबाट निकालेका थिए। श्रवणकुमारले बुढा भएका बाबुआमालाई बोकेर उनीहरूको इच्छा पूरा गराएका थिए। पुराणका यी र यस्ता अनेक प्रसंगले आमाप्रति गर्नुपर्ने कर्तव्यप्रति सचेत गराएका छन्। वेद पुराणका प्रसंग र वास्तविक तथ्य एकातिर भए पनि हिजोआज आमाबाबु र सन्तानबीचको दूरी बढ्दै गएको देख्न सकिन्छ।

    बढ्दो पश्चिमीकरण तिनका मूल्यमान्यता अँगाल्ने होडमा धेरै घरका आमाहरू अपहेलनामा परिरहेका छन्। आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई सहाराविहीन बनाउने सन्तानहरू बढिरहेका छन्। हाम्रै समाजमा पनि आमाहरू छोराबुहारीको दुर्व्यवहार सहेर बसिरहेका देखिन्छन्। सन्तानका खुशीका लागि आमाले आफ्नो खुशीको बलि दिएका उदाहरणहरू प्रशस्तै छन्। छोराबुहारी आरामदायी सवारीमा हुइँकिरहँदा सडकका पेटीमा आँसु बगाउँदे बसेका आमाहरू हामीले देखेका छौं।

    सनातन समाजका पहिले आमाको मुख हेर्ने दिन भन्ने थिएन। सँगै रहेका आमाबुबालाई संधै सम्मान गर्ने, सन्तानले गर्नुपर्ने कर्तव्य पालना गर्ने, उनीहरूका इच्छाबमोजिमका काम गरिदिने, उनीहरूलाई खान मन लागेका पदार्थ ल्याएर खुवाउने, बिरामी हुँदा औषधी उपचार गर्ने चलन रहेकै थियो। विशेषगरी छोरीहरूलाई विवाह गरेर टाढा टाढा दिइने उनीहरूले कैयौं महिना वा वर्षसम्म आमाबाबुको मुख देख्न नपाउने कारणले पनि यस्ता दिनहरूको आवश्यकता महसुस गरियो होला।

    सनातन समाजका पहिले आमाको मुख हेर्ने दिन भन्ने थिएन। सँगै रहेका आमाबुबालाई संधै सम्मान गर्ने, सन्तानले गर्नुपर्ने कर्तव्य पालना गर्ने, उनीहरूका इच्छाबमोजिमका काम गरिदिने, उनीहरूलाई खान मन लागेका पदार्थ ल्याएर खुवाउने, बिरामी हुँदा औषधी उपचार गर्ने चलन रहेकै थियो। विशेषगरी छोरीहरूलाई विवाह गरेर टाढा टाढा दिइने उनीहरूले कैयौं महिना वा वर्षसम्म आमाबाबुको मुख देख्न नपाउने कारणले पनि यस्ता दिनहरूको आवश्यकता महसुस गरियो होला।

    वैशाख कृष्ण औंशीका दिन आमाको मुख हेर्ने बहानामा माइतीसँग भेटघाट गर्ने र आमालाई मनपर्ने खाद्यपदार्थ खुवाउने, लुगाफाटो दिने जस्ता संस्कृतिको विकास भएका हुन् । संस्कृतिविद्हरूका अनुसार नेपाली समाजमा आमाको मुख हेर्ने भन्ने संस्कृति नेवारी परम्पराबाट सुरु भएको हो। अन्य समुदायमा आमाको मुख हेर्ने भन्ने संस्कृति केही दशकअघि मात्र आएको हो। हिजोआज वैशाख कृष्ण औंशीका दिन सबै समुदायले गच्छेअनुसार आमाको सम्मान गर्ने गरेको पाइन्छ।

    वर्षको एकदिन आमालाई सम्मान गर्ने परम्परा विश्वभरि नै कुनै न कुनै रूपमा रहेको पाइन्छ। पश्चिमा देशहरूमा ‘मदर्स डे’ का रूमा मनाइन्छ। बुढो भएपछि बाबुआमा एकातिर छोराछोरी अर्कोतिर हुने संस्कृतिमा त ‘मदर्स डे’ वा ‘फादर्स डे’ को महत्त्व हुने नै भइहाल्यो। चाडपर्व, संस्कृति र परम्परा एकै रहेको छिमेकी मुलुक भारतमा पनि अंग्रेजी पात्रोअनुसार मे महिनाको दोस्रो आइतबार मातृदिवस मनाउने चलन छ।

    आमाको मुख हेर्ने दिन मातातीर्थ औंशीको नामले पनि चिनिन्छ। विशेषगरी काठमाडौंको चन्द्रगिरी पहाडको फेदीमा रहेको मातातीर्थको नामबाट यो पर्वको नाम रहेको बुझिन्छ। आमा नहुनेहरूले यो तीर्थस्थलमा स्नान गरी तर्पण दिँदा वा श्राद्ध गर्नाले दिवंगत आमाको आत्माले शान्ति पाउँछ भन्ने जनविश्वास छ। भगवान् रामचन्द्रले कुण्ड खनाएर सीतालाई पानी खुवाएको, भगवान् श्रीकृष्णकी आमा देवकीले यहीँको कुण्डमा नुहाएको जस्ता मानवीय विश्वाससँग जोडिएका कथा पाइन्छन्। 

    एक किंवदन्तीअनुसार एक गोठालाले पानी पिउने क्रममा आफ्नी मृतक आमाको अनुहार देखेको जस्ता किंवदन्तीले पनि यस क्षेत्र सर्वसाधारणको आस्थाको केन्द्र बन्न पुगेको बुझिन्छ। यो दिनको महत्त्व अाफ्नै भए पनि आमाबाबु र गुरुलाई एक दिन मात्र नभई संधै श्रद्धा र सम्मान गर्ने हाम्रो आफ्नै मौलिक परम्परालाई पुनर्जीवन दिनुपर्ने अावश्यकता छ। 

    dhitalramprasad@gmail.com

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]