|

इलाम : प्रदेश नम्बर एकसहित चार वटा प्रदेशमा स्थानीय तह निर्वाचन जेठ ३१ मा हुने भएपछि इलामका स्थानीय तहमा तोकिएका निर्वाचन अधिकृतहरु पूर्ववत आ–आफ्नै कार्यालयमा फर्किएका छन्। आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहेकका अन्य स्थानीय तहका निर्वाचन अधिकृतका कार्यालयहरु बन्द गर्न परिपत्र गरेपछि १० स्थानिय तहका अधिकृतहरुलाई पूर्ववत कार्यालयमा फर्काइएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।

निर्वाचन आयोगले बैशाख ११ गतेपछि निर्वाचन अधिकृतको कार्यालय नखोल्न परिपत्र गरेअनुसार अधिकृतहरुलाई पूर्ववत कार्यालयमा फर्काइएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले बताए।यसअघि, इलाममा  देउमाई नगरपालिका, माई नगरपालिका र माइजोगमाई गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो।

निर्वाचन मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयले इलाममा मतदाता शिक्षा कार्यक्रमसमेत स्थगित गरेको छ। कार्यालयले जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई मंगलबार पत्राचार गरी गाउँ–गाउँमा चलिरहेको मतदाता शिक्षा स्थागित गरिएको जनाएको छ। वैशाख ३१ गतेको निर्वाचनलाई लक्षित गरी सञ्चालित मतदाता शिक्षा कार्यक्रम जेठ ३१ मा निर्वाचन हुने भएपछि तत्कालका लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत काफ्लेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.