|

काठमाडौं : आसन्न स्थानीय निर्वाचनका लागि नेकपा एमालेले काठमाडौंका १० नगरपालिकाका उम्‍मेदवारहरू सिफारिस गरेको छ। उम्‍मेदवार कसले पाउने भन्‍ने विवादबीच एमाले काठमाडौंले लामो समय लगाएर काठमाडौं जिल्लाका १० नगरपालिकाका उम्‍मेदवार सिफारिस गरेको हो।

केही नगरपालिकाका उम्‍मेदवारहरू सर्वसम्मत भएका छन् भने केहीमा निर्वाचन गरेर छनोट गरिएको छ। केही नगरपालिकामा एक जनाको मात्र टुङ्गो लाग्न नसक्दा ३/४ जनासम्मको नाम सिफारिस गरिएको छ। जिल्ला कमिटीले सिफारिस गरेका उम्‍मेदवारहरू एमालेको प्रदेश संगठन कमिटीले टुङ्गो लगाउनेछ।

२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्‍मेदवारका आकांक्षीहरू धेरै भएपछि लामो समयसम्म काठमाडौंका उम्‍मेदवार एमालेले टुङ्गो लगाउन सकेको थिएन। लामो समयको छलफलपछि काठमाडौं महानगरपालिकाबाहेकका सबै नगरपालिकाका उम्‍मेदवार सिफारिस गरिएको एमाले काठमाडौंका अध्यक्ष कृष्ण राईले बताए। 'लामो समयको छलफलपछि पार्टीले काठमाडौंका नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्‍मेदवार सिफारिस गरेको छ', अध्यक्ष राईले भने, 'हामीले माथि पठाएका छौं, यसको निर्णय भने उतै हुनेछ।'

यी हुन् एमाले काठमाडौंका प्रमुख र उपप्रमुखका उम्‍मेदवार

१) चन्द्रागिरि नगरपालिका

प्रमुख : प्रह्‍लाद कार्की

उप-प्रमुख : निशा नहकर्मी

२) कीर्तिपुर नगरपालिका

प्रमुख : रमेश महर्जन

उप-प्रमुख : सरस्वती खड्का

३) नागार्जुन नगरपालिका

प्रमुख : प्रकाश श्रेष्ठ, कृष्णहरि खत्री र देवकी भट्टराई

उप-प्रमुख : सानुमैया खड्का, सशीला अधिकारी र उमेश कार्की

४) कागेश्वरी मनोहरा नगरपालिका

प्रमुख : मणिराम फुयाल, रामचरण ढुंगाना

उप-प्रमुख : शान्ता थापा, विन्दु सिम्खडा र होमनाथ आचार्य

५) शंकरापुर नगरपालिका

प्रमुख : सुवर्ण श्रेष्ठ, शम्भु दुलाल

उप-प्रमुख : मुना अधिकारी, शुक्रलक्ष्मी श्रेष्ठ

६) गोकर्णेश्वर नगरपालिका

प्रमुख : पुण्य चौलागाईं र गोपाल बराल

उप-प्रमुख : शान्ति श्रेष्ठ, कल्पना राजचला र तारा पुडासैनी

७) बूढानीलकण्ठ नगरपालिका

प्रमुख : उद्धव खरेल र मीठाराम अधिकारी

उप-प्रमुख : रमा राई र देवी रेग्मी

८) टोखा नगरपालिका

प्रमुख : प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ

उप-प्रमुख : ज्ञानमाया डंगोल, जमुना गिरी र कविता घिमिरे

९) दक्षिणकाली नगरपालिका

प्रमुख : श्रीराम आचार्य र गुन्जनमान बस्नेत

उप-प्रमुख : इन्दिरा पौडेल, कविता घिमिरे र मीना आचार्य महर्जन

१०) तारकेश्वर नगरपालिका

प्रमुख : श्याम घिमिरे र रामेश्वर बोहरा

उप-प्रमुख : भवानी धानुक डोटेल, बत्तिस महर्जन र सावित्री शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.