|

काठमाडौं :  कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति सहित पाठकमाझ प्रस्तुत हुने भएका छन् । पब्लिकेशन्स नेपालयद्वारा प्रकाशित उनको काब्यकृति ‘भरियाको भूगोल’ बैशाख १५ गते सार्वजनिक हुँदैछ। तीन वर्षको विश्रामपछि सुरु हुन लागेको पलेँटी श्रृंखलाको अवसरमा अधिकारीको कृति विमोचन गर्न लागिएको पब्लिकेशन्स नेपालयले जनाएको छ।

आधुनिक नेपाली संगीतको विकासक्रम र यसका श्रष्टाहरुको योगदानमाथि केन्द्रित भएर सन् २००५ देखि चल्दै आएको पलेँटीमा शुक्रबार अधिकारी नै प्रस्तुत हुँदैछन्। २०५६ सालमा ‘अतिरिक्त अभिलेख’का निम्ति मदन पुरस्कार र २०५१ सालमा ‘इन्द्रजात्रा’का निम्ति साझा पुरस्कार लगायत थुप्रै सम्मान र पुरस्कारले समेत उनी सम्मानित भएका छन्।

कवि एवं प्राज्ञ श्रवण मुकारुङले ‘रचना शिल्पका कारण भूपी शेरचनपछिका सम्भवतः एकमात्र लोकप्रिय कवि’ भनेर उल्लेख गरेका अधिकारी अझै पनि सिर्जनात्मक साधनामा उत्तिकै तल्लीन रहेको प्रमाण 'भरियाको भूगोल' बन्न पुगेको छ।

२०३७ सालमा ‘अन्तरका चित्तहरु’ कवितासंग्रहबाट उनको यात्रा सुरु भएको थियो। त्यसयता उनका दर्जनभन्दा बढी कविता संग्रह र त्यति नै संख्यामा गीति संग्रह निस्किसकेको छ। प्रस्तुत कृति भने २०५१ सालमा उनलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा’ पछिको दोश्रो काव्य हो।

आधुनिक नेपाली कविता परम्पराको एउटा यूग र धाराको अगुवाइ गरिरहेका यी कविले यो काव्यमा भरियामार्फत् हाम्रो भोगाइको भूगोल विचरण गरेका छन्। ‘दिनेश अधिकारीको गीत र कविता सुनेरै पछिल्ला केहि नेपाली पुस्ता हुर्किएका छन्,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘तिनै श्रोता र पाठकहरुको चाहनालाई कदर गर्दै हामीले अधिकारीको नयाँ कृति प्रस्तुत गरेका हौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.