|

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ४, महिलाबारमा आगलागी हुँदा २९ घर जलेर नष्ट भएका छन्। स्थानीय दादु कहांरको घरमा भुजा भुट्ने क्रममा आगलागी सुरु भएको थियो।
बुधबार दिउँसो लागेको आगलागीबाट शिवराज नगरपालिका १ का ६० वर्षीय वंशी प्रजापती घाइते भएको प्रहरी चौकी पथ्थरदेहियाका प्रहरी नायक निरीक्षक हरिबहादुर कार्कीले बताए। घाइतेको शिवराज अस्पताल बहादुरगन्जमा उपचार भइरहेको उनले बताए।

आगलागीबाट ३ बाख्रा, १ वटा पाडा मरेको प्रहरीले जनाएको छ। कृष्णनगर नगरपालिकाबाट गएको दमकलको सहायता, स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.