|

 

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) ले राष्ट्रिय फोटो पत्रकार दिवसका अवसरमा 'फोटो कन्सर्न नेसनल फोटो जर्नालिजम अवार्ड २०७३ वितरण गरेको छ। बुधबार एनएफपीजेले विभिन्‍न १३ विधामा विजेता घोषणा गर्‍यो। विभिन्‍न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै उनीहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गरिएको हो।

छापा माध्यमको प्रतिनिधित्व गर्दै एक सम्पादक, अनलाइन न्यूज पोर्टलका एक सम्पादक, वरिष्ठ फोटो पत्रकार एकजना, एनएफपीजेका अध्यक्ष, वरिष्ठ सल्लाहकार र विज्ञ रहेको ७ सदस्यीय छनोट समितिले प्रत्येक विधामा मनोनित भएका ५ जनामध्येबाट अवार्ड विजेताको घोषणा गरेको हो। 

अवार्ड विजेताको नामावली : 

एनटिसी डेली लाइफ : स्कन्द गौतम - दि हिमालयन टाइम्स

श्रीधरप्रसाद आचार्य कल्चर एन्ड टुरिजम : लक्ष्मी प्रसाद नाखुसी - नेपाल साप्तहिक

थाहा अध्ययन प्रतिष्ठान राजनैतिक अवार्ड : निमेशजंग राई - दि काठमाडौं पोष्ट

कंगारु एजुकेसन अनलाइन फोटो पत्रकारिता : मुकुन्द कालिकोटे - रिपोर्टर्स क्लब डट कम

पाटन प्याथ ल्याव स्वतन्त्र फोटो पत्रकार : राम गुरुङ - स्वतन्त्र फोटो पत्रकार

ग्लोबल आएमई बैङ्क विजनेस फोटो पत्रकारिता अवार्ड : बालकृष्ण थापा - दि हिमालयन टाइम्स

हेभी हेल्थ लिङ्क महिला फोटोपत्रकारिता अवार्ड : बिजु महर्जन - रातोपाटी डट कम

ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड : महेशमान प्रधान - कान्तिपुर साप्ताहिक

मेट्स एजुकेशन मोफसल फोटोपत्रकारिता अवार्ड : कृष्णमणि बराल - अन्नपुर्ण पोष्ट दैनिक

कास्की ग्रेस इन्टरनेशनल खेलकुद फोटोपत्रकारिता अवार्ड : सुदर्शन रञ्जित - स्वतन्त्र फोटो पत्रकार

भ्याली ग्रुप एनएफपीजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड : किशोर श्रेष्ठ - स्वतन्त्र फोटो पत्रकार  

(शब्द : दिप्सन लुईटेंल \ फोटो : दीपक केसी)

हेर्नुहोस् थप फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.