|
Photo : Goal.com

स्पेनिस ला लिगाको उपाधि होडमा रहेका बार्सिलोना र रियल मड्रिडले आ-आफ्ना प्रतिद्वन्द्वीविरुद्ध फराकिलो जित दर्ता गरेका छन्। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई ७-१ तथा रियल मड्रिडले डिपोर्टिभो ला कोरुनालाई ६-२ ले पराजित गरे। 

नेयमा र लुईस सुआरेजविना नै मैदान उत्रिएको बार्साका लागि लियोनल मेसी, फ्रान्सिस्को एलेसर र आन्द्रे गोमेजले २/२ तथा मस्चेरानोले १ गोल गरे। रेलिगेशन जोनमा रहेको ओसासुनाका लागि रोबर्टो टोरेसले सान्त्वना गोल फर्काए। जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा कायम छ।

यस्तै गएराति नै भएको खेलमा क्रिष्टियानो रोनाल्डोविनाको रियलले डिपोर्टिभोको पोस्टमा आधा दर्जन गोल प्रहार गर्‍यो। उसका लागि रोड्रिग्वेजले २ तथा मोराटा, इस्को, कासेमेरो र भाजक्वेजले १/१ गोल गरे। घरेलु टोलीका लागि एन्डोन र जोसेलुले गोल फर्काए।

Photo : Goal.com


लिगमा रियलले ५ र बार्साले ४ खेल खेल्न बाँकी रहँदा दुवैले समान ७८ अंक जोडेका छन्। रियलले बाँकी खेलमा शत प्रतिशत नतिजा निकालेमा च्याम्पियन बन्नेछ भने अंक गुमाउँदा बार्सिलोनाले बाजी मार्न सक्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.