|

क्रिस्टल प्यालेसलाई पराजित गर्दै टोटनह्यामले लिग लिडर चेल्सीसँगको अंक दूरी ४ अंकमा झारेको छ। इंग्लिस प्रिमियर लिग फूटबल प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा टोटनह्याम १-० ले विजयी भयो। उसको जितमा क्रिस्चियन इरिक्सनले गोल गरे।

यस्तै गएराति नै सम्पन्न अन्य खेलमा आर्सनलले लेस्टर सिटी र मिडल्सबर्गले सण्डरल्याण्डलाई पराजित गरेका छन्। यसक्रममा दुवै टोलीले १-० को जित निकाले ।

गएरातिको नतिजासँगै टोटनह्यामको ७४ अंक पुगेको छ। लिग लिडर चेल्सीले भने ७८ अंक जोडिसकेको छ। यसका अलावा ३४ खेलबाट ६६ अंक जोडेको लिभरपूल तेस्रो र ३२ खेलमा ६४ अंक जोडेको म्यानचेस्टर सिटी चौँथो स्थानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.