|

भक्तपुर : नेपालभाषाको कृति 'वया ला लच्छि मदुनी' लाई अाधार बनाएर बहुभाषी चलचित्र हिमआँधी बन्ने निर्माण गरिने भएको छ। नेपाली, नेपालभाषा, अंग्रेजी तथा चिनियाँ भाषामा एकैसाथ चलचित्र बनाइने भक्तपुरमा भएको कार्यक्रममा महाजु फाउण्डेसनका अध्यक्ष ओमचरण अमात्यले जानकारी दिए।

तत्कालीन नेपाल–तिब्बत व्यापार र फरक देश तथा संस्कृति भएकाबीचको प्रेमसम्बन्धलाई चलचित्रमा उतारिने उनले बताए। चलचित्र प्रदीप खड्गीले निर्देशन गर्नेछन्। ९० प्रतिशत 'भीएफएक्स' प्रविधि प्रयोग गरेर बनाएको ऐतिहासिक चलचित्र 'कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी' निर्देशन गरेका खड्गीले हिमआँधीमा पनि सोही प्रविधि प्रयोग हुने जानकारी दिए।

चलचित्रमा निक्की महर्जन, सुशील राजोपाध्याय, मञ्जु श्रेष्ठ र सुरजवीर व्यञ्जनकार लगायतको मूख्य भूमिका रहनेछ। करिब ३ करोड रुपैयाँ लागतमा निर्माण हुने चलचित्रको छायांकन आगामी जेठ मसान्तमा सुरु हुने खड्गीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.