|

डडेल्धुरा : प्रहरीले डडेलधुराबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका- ६ चिमरे बस्दै आएका ६० वर्षीय करवीर दत्त भट्टराई रहेका छन्।

भट्टराई चितुवाको छाला बिक्रीका लागि हिडिँरहेका भनी गोप्य सूचनाका आधारमा बुधबार राति ११ बजे डडेल्धुरा अमरगढी नगरपालिका- ७ पोखराबाट पक्राउ गरेको हो। सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले पक्राउ परेका भट्टराईको साथबाट करिब ८ फिट इञ्च लम्बाई र २ फिट चौडाईँ भएको चितुवाको छाला बरामद गरेको हो।

चितुवाको छालासहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामार्फत जिल्ला वन कार्यालय डडेल्धुरालाई बुझाउने तयारी छ।

भट्टराइले २ वर्षअगाडि स्थानीय जंगलमा गोली लागि मृत अवस्थामा फेला परेको चितुवाको छाला घरमा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.