|

काठमाडौं : बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'बाहुबली २' शुक्रबारबाट रिलिज हुँदैछ। 'बाहुबली २' यसअघि सन् २०१५ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'बाहुबली' को सिक्वेल हो।

यो फिल्म विश्वभर करिब ६५ सय बढी हलमा एकसाथ रिलिज हुनेछ। त्यसैले पनि यसले भारतमा अहिलेसम्मकै सबैभन्दा आक्रामक ओपनिङ व्यापार गर्नसक्ने अनुमान गरिएको छ। 

केही समयअघि सार्वजनिक भएको ट्रेलरले पनि एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ। 'आखिर किन मारे त कटप्पाले बाहुबलीलाई ?' संभवत: प्रश्‍नको उत्तर,'बाहुबली २ द कन्क्लुजन' हेरेपछि प्राप्त हुनेछ। यसअघि 'बाहुबली द बिगिनिङ' ले यही प्रश्न छाडेको थियो।

फिल्मको नेपाली राइट्स गोपीकृष्ण मुभिजले लिएको छ। तर कति रकममा गोपिकृष्ण मुभिजले फिल्म हात पर्‍यो भन्ने कुरा यकिन भने छैन्।

'बाहुबली'ले नेपालका मल्टीप्लेक्स हलहरुमा पनि एकदमै राम्रो शो पाएको छ। जसले गर्दा नेपालमा पनि यसको ओपनिङ राम्रो हुने अनुमान गरिएको छ।

फिल्मले कति कमाउँछ? दर्शक प्रतिक्रिय कस्तो आउँछ? त्यो भने शनिबारसम्म थाहा हुनेछ। एसएस राजमौलीले निर्देशन गरेको फिल्ममा प्रभास, राणा दग्गुवती, अनुष्का शेट्टी, तामन्ना लागयतका कलाकारहरु मुख्य भुमिकामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.