|

भारतीय अभिनेता विनोद खन्नाको निधन भएको छ। मुम्बईको एक अस्पतालमा उपचाररत ७० वर्षीय खन्नाको बिहीबार निधन भएको हो।

खन्ना क्यान्सरको उपचार गराइरहेका थिए। उनको कमजोर स्वास्थ्यस्थिति दर्शाउने फोटो केहीदिन पहिला भाइरल भएको थियो। उनलाई रक्त क्यान्सर भएको बताइएको छ।

खन्नाको परिवारले भने उनको स्वास्थ्यस्थितिबारे जानकारी दिन अस्वीकार गरेको आजतकले लेखेको छ।

विनोद खन्नाले १९६८ मा बलिउडमा डेब्यु गरेका थिए। उनले सुरुवाती समय केही साना रोलमा खेले। 'मेरे अपने', मेरा गाउँ मेरा देश र अचानक फिल्ममा अभिनय गरेपछि उनी दर्शकमाझ लोकप्रिय बने। सन् १९७१ मा फिल्म 'हम तुम और वो'मा एकल अभिनय पाए।

पढ्नुस् : विनोद खन्नाको फोटो, जसले स्तब्ध बनायो उनका फ्यानहरुलाई

खन्नाले 'मेरे अपने', 'कुर्बानी', 'पूरब और पश्चिम', 'रेशमा और शेरा', 'हाथ की सफाई', 'हेरा फेरी', 'मुकद्दर का सिकंदर' जस्ता फिल्ममा अभिनय गरेका थिए। त्यस्तै उनले बलिउडलाई 'इम्तिहान', 'इन्कार', 'अमर अकवर एन्थोनी', 'लहुका दो रंग' लगायत थुप्रै सुपरहिट फिल्म दिएका छन्खे। उनी आफ्नो समयका बलिउडका सर्वाधिक ह्‍यान्डसम अभिनेतामध्ये एक मानिन्थे।

विनोद खन्ना भारतीय जनता पार्टीका तर्फबाट पन्जावको गुरदासपुरबाट लोकसभा सांसद बनेका थिए।  

उनको जन्म सन् १९४६ अक्टोबर ७ मा पाकिस्तानको पेशावरमा भएको थियो। भारत-पाकिस्तान विभाजन पछि उनको परिवार मुम्बई आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.