|

विराटनगर : गत असोज २८ गते विराटनगर ६ बस्ने अंकित दाहालको हत्यामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालत मोरङले २ जनालाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ।

जिल्ला प्रहरी कार्यलय मोरङले हत्यामा संग्लन एक युवती सहित ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। यसरी सर्वस्वसहित जन्मकैदको फैसला हुनेहरुमा विराटनगर–६ की वर्ष १८ कि टाइली भनिने फूलकुमारी उराव,  सोही ठाउँका २० वर्षीय डाइलर भन्ने युवराज परियार रहेका छन्।

अन्य दुई जना सोही ठाउँका १७ वर्षीय टिम्मा भन्ने सुकदेव उराव र २२ वर्षीय सुरज उरावलाई अदालतले जन्म कैदको फैसला सुनाएको छ। अर्का १४ वर्षीय हन्तर भनिने सार्जन खरेललाई भने अदालतले १० वर्ष कैदको सजाय सुनाएको छ।

प्रहरीका अनुसार लागुऔषध कारोबारमा कुरा नमिलेपछि उनीहरुले सामूहिक रुपमा दाहालको हत्या गरेका थिए। सम्पर्कबिहीन भएका दाहालको खोजतलास गर्ने क्रममा गत कात्तिक १ गते साँझ ५ बजे  विराटनगर ६ जामुनगाछी स्थित धानबारीमा दुबै हातखुट्टा डोरीले बाँधी पेट तथा घाटीमा धारिलो हतियार प्रहार मारेका अवस्थामा शव फेला परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.