|

काठमाडौं: स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसका क्षेत्रीय समितिले विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत ढंगले चयन गरेको छ।

नेपाली कांग्रेसले काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा शंकर तिवारी र उपप्रमुखमा मञ्जु खड्कालाई उम्मेदवार बनाउने भएको छ। काठमाडौं दुई नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले तिवारी र खड्कालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको नगर प्रमुखका आकांक्षी राजाराम तिवारीले बताए।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुखमा तीन नम्बर क्षेत्रीय सभापति आइतमान तामाङ नगर प्रमुख र समिता गुरुङ उपप्रमुखको उम्मेदवार चयन भएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि बलदेव तिमल्सिनाका अनुसार दुवैको नाम क्षेत्रीय समितिले सर्वसम्मतिले चयन गरेको हो।

६ नम्बर प्रदेशको दैलेखस्थित दुल्लु नगरपालिकाको प्रमुखका दुई नम्बर क्षेत्रीय सभापति घनश्याम भण्डारी नगर प्रमुखको उम्मेदवारमा सर्वसम्मत चयन भएका छन्। दुल्लुको उपप्रमुखमा भने कृष्णकुमारी शाही उम्मेदवार बन्ने भएका छन्।

दैलेखकै आठबिस नगरपालिकाको प्रमुखमा नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेमप्रकाश शाही र उपप्रमुखमा नेपाल महिला संघकी केन्द्रीय सदस्य दीपा बोहोरा माझी उम्मेदवार हुने भएका छन्। दुवै जनालाई प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मतिबाट भएको क्षेत्रीय सभापति भण्डारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.