|

कपिलवस्तु : बलात्कारपछि ६ वर्षीया बालिकालाई हत्या गरेको ठहरसहित जिल्ला अदालत कपिलवस्तुले भीमबहादुर कुँवर विरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। 

यसअघि उनी विरुद्ध अदालतमा कर्तब्य ज्यान सम्बन्धि मुद्दा चलेको थियो। शिवराज नगरपालिका-१० प्रगतिनगरका १८ वर्ष भीमबहादुरमाथि गत फागुन २ गते राति बालिकालाई बलात्कार गरि हत्या गरेको अभियोग थियो। बालिकाको शव स्थानीय जवाई खोलामा अर्को दिन बिहान तैरीरहेको अवस्थामा फेला परेको थियो।

हत्यारा कुवँरलाई प्रहरीले घटनाको अनुसंन्धानको क्रममा फागन ३ गते दिउँसो पक्रेको थियो। घटनास्थलबाट प्रहरीले बालिकाले लगाएको कपडा लगायतका प्रमाण फेला पारेको थियो। त्यसयता प्रहरीले दायर गरेको मुद्दापछि अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। 

आफ्नो अबोध छोरीको बलात्कारपछि हत्या भएका कारण पीडामा रहेका बालिकाका आमाबुबाले फैसलापछि न्याय पाएको प्रतिक्रिया दिएका छन्। मृतक बालिका स्थानीय आवर मदरल्याण्ड एकेडेमीमा कक्षा एल केजीमा अध्ययन गर्दथिन्। घटनाको विरोधमा फागुन ३ गते चन्द्रौटामा स्थानीय तथा आफन्तले विरोध प्रर्दशन समेत गरेका थिए ।

यस्तो छ फैसला 

यधिश धनेश्वर पौडेलको एकल इजलासले कर्तब्य ज्यान सम्‍बन्धि मुद्दामा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी मुद्दामा १२ वर्षको कैद सजाय तोकेको छ।   गत बैशाख १० गते भएको फैसलामा मृतक बालिकाका आमा बुबालाई एक लाख रुपैयाँ क्षतिपुर्ति महिला तथा बालबालिका कार्यालयबाट भराउन आदेश समेत दिईएको अदालतले जनाएको छ। मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा ३ (१ ) बमोजिमको कैद र ज्यान संबन्धी महलको १३ ( ३ ) अनुसार सो फैसला भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.