|

काठमाडौं : नागरिक समाजले वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष माग गरेको छ। कृष्ण प्रसाद सापकोटा, निलकण्ठ उप्रेती, निलाम्बर आचार्य, डा. मुक्ति रिजाल, डा. विपिन अधिकारी,श्री सुर्य प्रसाद श्रेष्ठ,डा. श्याम भुर्तेल,श्री डा. हिक्मत विस्ट लगायत पदाधिकारीहरु सम्मिलित समाजको बैठकले स्वतन्त्र,निष्पक्ष,धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारसँग माग गरेको छ।

'स्वच्छ एवं निस्पक्ष निर्वाचनका लागि वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन सोहि मितिमा समग्र रुपमा पूर्व घोषणा बमोजिम नै हुनुपर्दछ,' समाजका प्रतिनिधिहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तमा भनिएको छ। नागरिक समाजले संविधान संशोधन निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै संशोधनले गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.