बैंक, वित्त,विमा र पुँजी बजारबारे जानकारी दिइने

|

काठमाडौं : राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि बैकिङ एक्सपो सुरु भएको छ। नेपाल राष्ट्र बैंक लगायतका सरोकारवाला निकायको सहयोगमा मिडिया इन्टरनेसनलले आयोजना गरेको एक्स्पोमा एक्स्पोमा बैंक, वित्त, विमा, पुँजीबजार तथा रेमिट्यान्सका विषयमा जानकारी र प्रदर्शन गरिएको छ।

मेलाले वित्तीय क्षेत्रमा भएको गतिविधि र पैसाको प्रयोग विस्तारका लागि सहयोग पुग्ने गभर्नर चिरञ्जीवि नेपालले बताए। 'यस्ता मेलाले बैकिङ सूचना दिन मात्रै हैन, पैसाको प्रयोग बढाउनको साथै बैंकबाट कसरी पैसा लिने र कहाँ प्रयोग गर्ने भन्ने विषयमा समेत जानकारी गराउँछ' एक्स्पो उद्‍घाटनको क्रममा उनले भने। गभर्नर नेपालले उद्यमी तथा बैंकरहरुलाई जति सक्यो धेरै पैसाको प्रयोग बढाउन समेत आग्रह गरेका छन्।

आयोजक मिडिया इन्टरनेसनलका प्रवन्ध निर्देशक माधव निर्दोषले बैंकिङ क्षेत्रको सूचना सर्वसाधारणको पहुँचमा पुर्‍याउन मेला आयोजना गरिएको जानकारी दिए।

के के छ मेलामा?

पहिलो पटक गरिएको बैंकिङ एक्स्पोमा ४६ वटा स्टल राखिएका छन्। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, विमा संस्थान र युवा स्वरोजगार कोषका गरी ४ वटा सरकारी स्टलहरु रहेका छन्।

त्यस्तै २० वटा वाणिज्य बैंक र ५ वटा विकास बैंकका स्टलहरु रहेका छन्। त्यस्तै माइक्रो फाइनान्सका ४, विमासम्बन्धी ४, रेमिट्यान्ससम्बन्धी ४ र मर्चेन्ट बैंकसम्बन्धी ५ वटा स्टलहरु रहेका छन्। यी स्टलहरुले आफ्ना संस्थागत योजनाको विषयमा सर्वसाधारणलाई जानकारी गराउने कार्यक्रम रहेको छ। मेलामा ५ लाख सर्वसाधरणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

मूख्यतय सरकारी स्टलहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी नीति नियम, सरकारले दिएको छुट, ऋण लिने तरिकाको विषयमा जानकारी गराउने स्टल राखेका छन्। त्यस्तै अन्य संस्थाहरुले आफ्ना योजना तथा कार्यक्रमको विषयमा सूचनामूलक सामग्री  राखेका छन्। त्यस्तै तीन दिनसम्म बैंक, वित्त, विमा र पुँजीबजारको विषयमा सरोकारवालाहरुसंग छुट्टाछुट्टै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.