|

दाङ : राति शौच गर्न घर बाहिर निस्किएकी महिलालाई ढुङ्गा हानेर अचेत तुल्याएको आरोपमा तुलसीपुरका तीन जना युवा पक्राउ परेका छन्। तुलसीपुर उप–महानगरपालिका वडा नं. ४ गणेशटोल निवासी स्थानीय गायक सुशील गन्दर्भको घरमा बिहीबार राति साढें ९ बजेतिर ढुङ्गामुढा भएको हो।

ढुंगा प्रहारबाट  गन्दर्भको घरमा पाहुना आएकी उनकी दिदी-सासु ५६ वर्षीया कमला गन्दर्भ गम्भिर घाइते भएकी छन्। घाइते कमलाको घर भारतको कानपुरमा पर्छ।

ढुङ्गा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ। कमला शौचका लागि बाहिर निस्किएका बेला उनीमाथि एक्कासी ढुङ्गा प्रहार भएको प्रहरीले जानकारी दिएको छ। स्रोतका अनुसार कमला र ढुङ्गा हान्ने युवाहरुको बीचमा चिनजान समेत थिएन।  

घाईते कमलालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि राति नै राप्ती उपक्षेत्रीय अस्पताल घोराही लगिएको थियो। त्यहाँबाट फेरि थप उपचारका लागि बाँके रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले बता । उनमाथि ढुंगा प्रहार गर्ने तीन जना युवालाई स्थानीयले पक्राउ गरी प्रहारीमा बुझाएका छन्।

पक्राउ पर्नेहरुमा तुलसीपुर उप–महानगरपालिका वडा नं. ४ निवासी राजेन्द्र गिरी, सन्तोष गिरी, आर्यन गिरी रहेको डिएसपी तिम्सिनाले बताए। थप अर्का एकजना फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.