|

कपिलवस्तु : जिल्लाको शुद्धोधन गाउँपालिका, ५ साविक हथिहवा गाविस वडा नं. ७ शिवपुरमा आगालागीमा परी एक बालकको ज्यान गएको छ। आगालागीमा परी ओम प्रकाश कुर्मीकोे २ वार्षिया छोरा श्याम कुर्मीको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकका बाबुआमा घरमा नभएको समयमा सो घटना भएको बताइएको छ।

शुक्रबार दिउँसो लागेको आगलागी स्थानीयवासी, सशस्त्र प्रहरी बल (बिओपि) हथिहवाको टोली र इलाका प्रहरी कार्यालय पकडीको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका छन्। आगलागी नियन्त्रणपश्चात मात्र कपिलवस्तु नगरपालिका तौलिहवाको वारुणयन्त्र घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। 

बिहानको समयमा खाना पकाएपछि आगो ननिभाएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट ७ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक विकास थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.