दमक : लामो समयदेखि किरात इतिहासको अध्ययनमा समर्पित हरि चोङवाङ सेन्छेनहाङ्ग किरात इतिहाससँगै नेपाली साहित्यमा समेत कलम चलाउँदै आएका छन्। कि...
को हुन् मिचेल कहाँ-कहाँ जाँदैछन् उनी?

काठमाडौं: विश्व साइकल यात्रामा हिँडेका अमेरिकन साइकल यात्री मिचेल लेक यतिवेला नेपालमा छन्। १० दिन अगाडि काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका उनी अहिले काठमाडौंमा साइकल चलाइरहेका छन्।
शुक्रबारसम्म काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा साइकल यात्रा गरेका मिचेल भोलि शनिबारदेखि भने पोखरा हुँदै नेपालका विभिन्न क्षेत्रमा साइकल यात्रा गर्दै छन्। 'शान्ति र आध्यत्मिक जागरण फैलाउन साइकल यात्रा गरिरहेको छु, नेपालको विषयमा धेरै सुनको थिएँ, केही ठाउँ देखें अरु ठाउँ अबको साइकलयात्रामा अवलोकन गर्नेछु' शुक्रबार मिडिया स्कुलले गरेको छलफलमा मिचेलले भने।
नेपालका विश्व साइकल यात्री पुष्कर शाहले विश्वमा साइकल यात्रा गर्नेहरुको संख्या बढ्दै गएको बताए। उनले साइकल चढ्ने बानीले मुख्यत: तीन विषयमा फाइदा हुने बताए। उनले भने, 'साइकल कुनै समय लक्जरियस साधनका रुपमा पनि लिइन्थ्यो, तर अहिले यो सामान्य भएको छ, साइकल चढ्दा मुख्यत: तीन फाइदा हुने गर्छन्, स्वस्थ रहिन्छ, वातवरण मैत्री हुन्छ र यात्राको खर्च कम हुन्छ'।
साइकल यात्री देवेन्द्र बस्नेतले नेपाली युवाहरुमा पनि साइकल चढ्ने प्रवृत्ति बढ्दै गएको बताए। 'अहिले नेपालीहरुमा पनि साइकल चढ्ने तथा साइकल यात्रा गर्ने प्रवृत्ति बढ्दै गएको छ, सीमित कामको लागि अपवाद मात्रै साइकल चढ्ने अवस्थासमेत आएको नेपालमा अहिले ६/७ प्रतिशत नेपालीले साइकल चढ्ने गरेका छन्' बस्नेतले भने।
मिडिया स्कुलका अध्यक्ष नवराज चालिसेले प्रयावरण सफा राख्न र नेपालमा विश्वका पर्यटक तान्न साइकल चढ्ने प्रवृत्ति बढाउनुपर्ने बताए। उनले साइकल सडक विस्तारमा सरोकारवालाहरुको ध्यान जानुपर्ने समेत बताए।
को हुन् मिचेल कहाँ-कहाँ जाँदैछन् उनी?
करिब १० वर्ष अगाडिसम्म बैंकका जागिरे रहेका मिचेल लेक अहिले आफूलाई साइकल यात्री भनेर चिनाउन चाहन्छन्। ६२ वर्षीय मिचेल पछिल्लो ५ वर्षदेखि विश्व साइकल यात्रामा रहेका छन्।अहिलेसम्म नेपालसहित २६ वटा देश साइकलमा यात्रा गरेका उनी। अझै १५ दिन नेपालमा साइकल यात्रा गर्ने तयारीमा छन्। उनी भोलिबाट काठमाडौंबाट पोखराको साइकल यात्रा गर्दैछन्। त्यस्तै, मनाङ मुस्ताङको समेत यात्रापछि लम्जुङबाट यात्रा सुरु गरेर कैलाली कञ्चनपुर हुँदै हरिद्वार जाने कार्यक्रम बनाएका छन्।
मिचेललाई सगरमाथाको ढुंगो गिफ्ट
शुक्रबार मिडिया स्कुलले आयोजना गरेको कार्यक्रममा नेपालका विश्व साइकल यात्री पुष्कर शाहले मिचेल लेकलाई चिनो (गिफ्ट) प्रदान गरेका छन्। स्पेसल गिफ्ट भन्दै प्रदान गरिएको गिफ्ट भने ढुंगो थियो। उनले सगरमाथाको आफ्नो साइकल यात्रामा भेटिएको ढुङ्गा (माउण्ट एभरेष्ट स्टोन) उनलाई प्रदान गरेका थिए। मिचेलले उनले दिएको स्टोन आप्ना महत्वपूर्ण कागजातहरुसँगै राखेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।