|

मुम्बई : २७० करोड भारुमा तयार भएको भारतको अहिलेसम्मकै सर्वाधिक महगों फिल्म 'बाहुबली-२' शुक्रबार रिलिज भएको छ। २२ महिनाअघि 'बाहुबली' फिल्मले छाडेर गएको प्रश्‍न 'कटप्पाले बाहुबलीलाई किन मार्‍यो…?' को जवाफ बाहुबली-२ ले दिन्छ।

बाहुबली- २ कसरी बन्यो? यस विषयमा भारतीय सञ्‍‍चारमाध्यम  दैनिक भास्करले फिल्मका प्रोड्यूसर शोबु यरलागड्डा, निर्देशक एसएस राजामौला, कथाकार विजयेन्द्र प्रसाद र बाँकी क्रु- सदस्यहरुसँग कुराकानी गरेको छ। 

बाहुबली मारिने कथा नै थिएन

फिल्मको सुरुवाती स्क्रिप्ट तयार गर्दा मुख्य पात्र 'बाहुबली' मारिने कुनै कथा थिएन। यसको सट्टा अरु नै कथा थियो। बाहुबली अघि नै बजरंगी भाईजान र रावंडी राठौरजस्ता फिल्म लेखेका कथाकार विजेयेन्द्र भन्छन्,'पहिले हामीले बाहुबली र कटप्पाको यस नाटकिय दृश्य कथामा समावेश गरेका थिएनौं,' उनले भने,'तर जब फिल्म निर्माणका क्रममा खटिएका साथीहरुले फिल्ममा नाटक पनि समावेश गर्ने सुझाव दिए। त्यसपछि यो सिन अन्त्यमा जोडियो। यदी नाटकको आवश्यकता हुँदैन थियो भने आज कटप्पाले बाहुबलीलाई किन मारे…? भन्‍ने प्रश्‍न भाईरल हुन पाउने थिएन।' 

१ सय ५० लाई खुवाइएको थियो गोपनियताको सपथ

फिल्मका एक क्रू सदस्यले आफ्नो नाम नराख्‍ने शर्तमा भनेका छन्,' कटप्पाले बाहुबलीलाई किन मारे…? भन्‍ने रहस्य बोेकेको  सीन सुट गर्ने क्रममा निर्माता र निर्देशकले सावधानी अपनाए। फिल्मको सुटिङकै दौरान केही जानकारी लिक पनि भएको थियो। त्यसपछि १ सय ५० जना क्रू- सदस्यलाई यो रहस्य फिल्म प्रदर्शनअघि नखोल्न सपथ खुवाइयो। उनीहरुले कसम खाएपछि मात्रै सुटिङ सुरु भयो।'

यसबाहेक यो रहस्य लिक गर्नेमाथि आर्थिक जरिवाना गर्ने समेत चेतावनी समेत निर्माण पक्षले दिएको थियो। सुटिङका क्रममा धेरै दिनसम्म प्राविधिकहरुले फोन अफ गर्नुपरेको थियो। फिल्मको पुरै मर्म 'कटप्पाले बाहुबलीलाई किन मार्‍यो…?' भन्‍ने प्रश्नसँग सम्बन्धित भएकाले निर्माण पक्षले उत्तर खुल्न नदिन ठुलो सावधानी अपनाउनु पर्‍यो।

पैसा अभावका कारण झन्डै स्थगित हुने अवस्थामा पुगेको थियो 'बाहुबली'

बाहुबलीका निर्माता शोबु यरलागड्डाका अनुसार 'बाहुबली' र 'बाहुबली-२' को कुल बजेट ४ सय ५० करोड हुन आउँछ। यति धेरै पैसा जुटाउन निर्माण पक्षलाई निकै गाह्रो थियो। निर्माण पक्षसँग भएको पैसा सकियो। तर फिल्मको सुटिङ सकिएन।

फिल्म सुटिङ हुँदै गर्दा पैसा सकिएका कारण उनीहरुलाई बजारमा विश्‍वास गर्ने मान्छे पनि कमै मात्र थिए। त्यसैले एक समय पैसाकै कारण फिल्म बनाउने सपना अधुरै रहन्छ भन्ने समेत शोबुलाई लागेको थियो। 

तर रामोजी फिल्म सिटी र बाँकी लगानीकर्ताहरु समेत फिल्मप्रति आकर्षित भएपछि पैसा जुट्यो। फिल्म सुटिङ गर्न समस्या भएन। शोबु हैदराबादको कम्पनी आर्क मिडियाका सीईओ पनि हुन्। यो फिल्ममा पैसा जुटाउने काम शोबु र उनको कम्पनी आर्कले गरेको हो।

बाहुबली र भगवान् कृष्णको यस्तो कनेक्सन

बाहुबलीका कथाकार विजयेन्द्रका अनुसार फिल्मको कथा पुरै काल्पनिक हो। कुनै पनि कलाकार वास्तविक कथामा म्याच हुँदैनन्। तर महाभारतका भगवान् कृष्णबाट प्रेरित भएर कथा लेखेको विजयेन्द्रले बताएका छन्। 'बिज्जलदेव पात्र महाभारतका शकुनी मामा जस्तै छन्। भल्लालदेव दुर्योधन जस्तै छन्। महेन्द्रको केही चरित्र कृष्ण र केही चरित्र रामसँग मिल्छ। कटप्पा रामायणका हनुमानजस्ता छन्। यसरी फिल्म रामायण र महाभारतबाट प्रभावित छ।'

५ सय देखि २ हजार मानिसले बनाएका थिए फिल्म सेट, दैनिक ४ क्रेन प्रयोगमा 

निर्देशक राजामौलाका अनुसार कथाले मागेको सबैभन्दा चुनौतिपूर्ण विषय नै युद्ध, मारकाट  र प्रविधिको जबर्जस्त प्रयोग थियो। प्रभासका रुपमा फिल्मका मुख्य अभिनेता पहिले नै तय भइसकेका थिए। त्यसपछि उनको व्यक्तित्व र यी सबै आवश्यकतालाई आधार मानेर विजयेन्द्रलाई स्क्रिप्ट लेख्न भनिएको थियो। 

२ मिनेटको सीनका लागि १ सय दिन सुटिङ

निर्माता यरलागड्डाका अनुसार 'बाहुबली-२' को सबैभन्दा मुस्किल सीन अर्थात अन्तिम लडाँई सुट गर्नु धेरै चुनौतीपूर्ण रह्‍यो। २ मिनेटको सीन सुटिङ गर्न झन्डै १ सय दिन लाग्यो। 'कठिन हुनुको सबै यो सीन सुटिङ गर्न सबैभन्दा धेरै खर्च समेत लाग्यो। क्लाइमेक्समा युद्धको सुटिङ फिल्मको सबैभन्दा महगों सीन हो। पहिलो र दोस्रो भाग समेत जोड्दा भीएफएक्स र प्रविधिमा झन्डै ९० करोड रुपैयाँ खर्च भयो। ६८ करोड रुपैयाँ सेट बनाउन र आर्ट वर्कमा खर्च भयो। 

१२ महिना क्यामेरा बनाउनमात्रै

फिल्मका एक प्राविधिक भन्छन्,'नाट्य कथालाई वास्तविक जीवनजस्तो देखाउन खोज्नु नै फिल्मको उद्देश्य थियो। त्यसैले सुटिङका लागि हामीले पहिला स्पेशसल भीआर सुपर कम्प्युटर क्यामेरा बनायौं। त्यसपछि पुरै फिल्म खिच्यौं। यस्तो क्यामेरा र प्रविधि तयार गर्न १२ महिना लाग्यो। क्यामेरामा लाम्बरयार्ड गेम इन्जिनको प्रयोग पनि गरियो। जसका कारण फिल्मका हरेक सीनमा दर्शकलाई ३६० डिग्रीको वास्तविक अनुभव मिल्छ।

आखिर किन मारे कटप्पाले बाहुबलीलाई ...?

'बाहुबली : द बिगिनिंग' यस्तो मोडमा समाप्त भएको थियो जसले दर्शकहरुमा ठुलो जिज्ञासा खडा गरिदियो,'किन मारे कटप्पाले बाहुबलीलाई ...?'

समाजिक सञ्‍जालमा यो प्रश्‍‍न भाइरल भयो। तर यसको जवाफ गुगलमा पनि अहिलेसम्म छैन्। बाहुबलीका निर्देशक राजामौली र 'बाहुबली' अर्थात नायक प्रभाससँग पनि धेरैले यो प्रश्‍न राखे। तर सिधा उत्तर कहिल्यै आएन। अब बेला भएको छ, यसको उत्तर जान्‍ने। त्यसका लागि तपाईले फिल्म हेर्नुपर्ने हुन्छ। फिल्मको मुख्य मर्म नै यही प्रश्‍नमा लुकेको छ। 

यो प्रश्नको जवाफका लागि धेरैले २२ महिना प्रतिक्षा गरेका छन्। समाजिक सञ्चालमा पनि यसबारे धेरै जवाफ भेटिएका छन्। तर समाजिक सञ्जालमा तपाईले भर पर्नुपर्ने जरुरी छैन्। फिल्म लिक भएको पनि हल्ला छ। तर यस्तो कपि हेर्नु गैरकानूनी हुन्छ। 

फिल्ममा शान्दार भिज्युयल इफेक्टको प्रयोग गरिएको छ। महिष्मति जस्तो भव्य साम्राज्य देखाउनका लागि यसको प्रयोग गरिएको हो। पहिलो भागमा देखाइएको झरना पनि धेरैलाई वास्तविक जस्तै लागेको थियो। तर खोज्दै जाँदा दर्शकहरु निराश बने किनकी यो केवल भिज्युइल इफेक्टसबाट खेलाइएको थियो। वास्तविक झरना थिएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.