|

काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि नेकपा एमालेले शनिबार उम्मेदवारहरुको अन्तिम टुंगो लगाउने भएको छ। एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले शनिबार बस्ने स्थतायी कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाउने जानकारी दिए।

पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटीको बैठकले घोषणापत्र पारित गर्दै त्यसलाई भाषागत रुपमा सम्पादन गरि प्राप्त सल्लाह र सुझाव समेत समेटेर १७ गते सार्वजनिक गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए। घोषणापत्रलाई अन्तिम रुप दिने जिम्मेवारी उपाध्यक्ष भीम रावल, सचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन्।

के-के हुनेछ एमालेको घोषणापत्रमा ?

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान कार्यान्वयन गरी सवल राष्ट्र बनाउने विषय एमालेको घोषणापत्रमा समेटिएको जानकारी दिए। उनले आर्थिक विकास र समानतालाई घोषणापत्रमा मुख्य जोड दिइएको बताए।    

सामाजिक, वर्गीय, लैङ्गिक, जातीय, धार्मिक तथा आर्थिक विकास गर्ने विषय घोषणापत्रमा समेटिएको उनले बताए। उनले विकासका लागि पूर्वाधार निर्माण तथा जलस्रोत,उर्जा लगायतको वैज्ञानिक उपयोग नीति घोषणापत्रमा समेटिएको जानकारी दिए।

देशको ठुलो श्रम शक्तिलाई देशमै रोजगारी प्रदान गर्नेगरी एमालेले विकासको काम अघि बढाउने उनले बताए। उनले जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता व्यवस्था गर्ने विषय घोषणापत्रमा समेटिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.