|

काठमाडौं : राष्ट्रवादी केन्द्र नेपालका संयोजक सागर थापाले नेपाली युवाहरूलाई रोजगारीको व्यवस्था गर्न माग गरेका छन्। शुक्रबार शान्तिपूर्ण बौद्धिक विद्रोहको घोषणाका लागि 'ब्ल्याक टी-सर्ट मूभमेन्ट' कार्यक्रममा बोल्दै थापाले राज्यले युवाशक्तिलाई नचिनेको भन्दै युवालाई राज्यले शैक्षिक योग्यताअनुसारको रोजगार दिनुपर्ने बताए।

देशका ठूला राजनीतिक दलहरूले युवाहरूको शक्ति नचिनेको भन्दै थापाले अब आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका हुन्। 'हामीले कांग्रेस, एमाले, माओवादी, राप्रपालाई चिनेका छौं तर नेपाली युवालाई यी राजनीतक दलले कहिल्यै चिनेनन्', थापाले भने, 'सधैं जब आन्दोलन हुने गर्छ, चुनाव हुने गर्छ, सुकुम्बासीलाई घर दिनेछौं, बेरोजगारलाई रोजगारी दिनेछौं र बन्द उद्योग चलाउनेछौं भनेर सयौं वर्ष सत्ता चलाइरहे।' उनले सरकारले जनता र युवालाई पीडा मात्रै दिइरहेको बताए। थापाले नेपाल सरकारले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

माओवादीका तर्फबाट सभासद भइसकेका थापा अहिले राष्ट्रवादी केन्द्र नेपाल नामक अभियानमा सक्रिय छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Thaha khabar laai mero byaktigat ra rashtrabadi kendra ko tarphabata samachar sampresan ko lagi muri muri dhanyabad