|

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावमाथि जवाफ दिने क्रममा अरुणा लामाले गाएको एउटा गीत सम्झिए। गीतको पुरै टुक्का नगाएपनि उनले सम्झिएको गीत थियो।

पोहोर साल खुशी फाट्यो जतन गरी मनले टालेँ

त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ

यसपाली त मनै फाट्यो केले सिने के ले टाल्ने हो?

यो प्रसंग उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गरे। उनले प्रचण्डको अविश्वास सरकारप्रति नभइ आफुप्रति व्यक्तिगत भएको दावी गरे।

'सरकारमाथिको अविश्वास भएको भए त त्यहाँ आफ्नै पार्टीका मन्त्रीहरु पनि थिए'  प्रम ओलीले भने 'म माथिको अविश्वास कुनै कामको कारणले होइन रहेछ चित्त काटिएको, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणहरुले रहेछ। मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझै धेरै पटक सिउने कोशिस गरेँ।'

प्रधानमन्त्रीले प्रचण्डको नाम नलिएपनि ती मित्रको मन तुन्न आफुले कहिले राती कहिले बिहान बिताएको दावी गरे। 'तर भयो के भने आज तुनेर पठाउँछु भोलिपल्ट आउँदा अर्कोपट्टी फर्केको छ। फेरि तुनेर पठायो अर्को दिन आउँदा अर्को तिर फर्केको छ' उनले भने। प्रधानमन्त्री ओलीले प्रचण्डसँग सहकार्य गर्न लागेका कांग्रेसप्रति लक्षित गर्दै भने 'यसपछि सहकार्य गर्ने साथीहरु होशियार हुनुहोला।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.