|

काठमाडौं : हर्न निषेधित क्षेत्रपछि अब काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने यात्रुलाई जरिबाना गरिने भएको छ। जेठ १ गतेदेखि जथाभावी बाटो काटेमा पैदलयात्रीलाई ुई सय रुपैयाँ जरिबाना गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए। 

जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय रुपैयाँ जरिवाना हुने र जरिवाना तिर्न नसके केही समय प्रहरीको नियन्त्रणमा राखी सचेतना शिक्षा दिएपछि मुक्त गरिने उनले बताए। प्रमुख लामाले विभिन्न दुर्घटनामा परी मृत्यु हुनेमा ४० प्रतिशतको सडक दुर्घटनामा मृत्यु हुने जानकारी दिए। 

जेब्राक्रसबाट बाटो नकाट्नेलाई जरिवाना गर्नुअघि तयारी स्वरुप प्रहरीले पैदलयात्रीलाई फुटपाथबाट हिँड्न लगाउने, जेब्राक्रसिङको महत्वबारे चालकलाई सचेत गराउने, आकासे पुलको प्रयोग अनिवार्य गर्ने लगायत सचेतनामुलक कार्यक्रम अगाडि बढाएको छ। यसका लागि महानगरीय प्रहरीले शुक्रबारदेखि जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ। हर्न पनि नबज्ने र जेब्रा क्रसिङमा पनि यात्रुले सडक पार नगर्दा दुर्घटनाको जोखिम बढेपछि सचेतनामुलक कार्यक्रम सुरु गरिएको हो। 

जेब्राक्रसिङका विषयमा यात्रु तथा चालकलाई सचेत र जागररुक बनाउन ट्राफिक नियम सम्बन्धी जानकारी दिन थालिएको हो। नियमको पालना नगर्ने र सडक सुरक्षामा खटेका ट्राफिक प्रहरी लगायत अन्य सुरक्षाकर्मीको आग्रह वेवास्ता गर्नेलाई दुई सय रुपैयाँ जरिवाना हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.