|

काठमाडौं : नेपाली कांग्रेसले पहिलो चरणको स्थानीय तहको चुनावका लागि शुक्रबारसम्म १५ जिल्लाको उम्मेदवार टुंगो लगाएको बताएको छ। शनिबारसम्म २८ भन्दा बढी जिल्लाका उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा आइपुग्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तर उनले टुंगो लागेको १५ जिल्लाको नाम सार्वजनिक गर्न नमिल्ने बताए। 

पार्टी स्रोतका अनुसार महानगरपालिकाको उम्मेदवार टुंगो लगाउन कठिन भएको छ। देशका चारवटा महानगरपालिका काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथमा पहिलो चरण अन्तर्गत नै वैशाख ३१गते निर्वाचन हुँदैछ। कांग्रेसले काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका नगर र गाउँपालिकाको अझैसम्म उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको छैन। काठमाडौं महानगरपालिकाको केही वडाका उम्मेदवार टुंगिएपनि नाम भने सार्वजनिक गरेको छैन। 

शनिबार क्षेत्रको बैठक बसेर आइतबार बेलुकासम्म काठमाडौंका नगर प्रमुखदेखि सबै वडाका अध्यक्षका उम्मेदवार टु्गो लगाइने जिल्ला सभापति सबुज बानियाँले बताए। काठमाडौंमा वडादेखि नगर प्रमुखसम्मको पदमा आकांक्षीको ओइरो लागेपछि सहमति हुन सकेको छैन।

नेपाली कांग्रेसलाई काठमाडौंको नगर प्रमुख र वठा प्रमुखमा बलियो उम्मेदवार अगाडि सार्न कार्यकर्ताको दबाव परेको सभापति बानियाँ बताउँछन्। काठमाडौं नगर प्रमुखमा युवा नेता गगन थापा, भीमसेनदास प्रधान, राजु जोशीदेखि केदारभक्त माथेमासम्मको नाम चर्चामा आए पनि ती नामको प्रस्तावबारे आधिकारिक रुपमा केही बताइएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.