|

काठमाडौं : नेकपा एमालेले मलेसिया र खाडी मुलुक जाने कामदारलाई नेपालमै रोजगारी व्यवस्था गर्ने महत्वाकांक्षी घोषणापत्र तयार गरेको छ। स्थानीय तह निर्वाचनका लागि स्थायी कमिटीले शुक्रबार पारित गरेको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालमै रोजगारी सिर्जना गरी मलेसिया र खाडी मुलुकमा कामदार जानु नपर्ने अवस्था सिर्जना गर्ने उल्लेख छ।

'मलेसिया र खाडीमा कामदार नपठाउने, जापान र कोरियामा काम  गरी फर्केकाको आर्जन र सीप प्रयोग गर्ने तथा अमेरिका, युरोप गएकाको पनि ज्ञान आर्जन प्रयोग गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने पार्टीको योजना छ' स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने ' २५ वर्षमा मुलुकलाई धनी राष्ट्रको सुचीमा उभ्याउने प्रयत्न गर्छौं।'

स्थायी कमिटीले उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य पाण्डेलाई भाषा लगायत विषय हेरेर घोषणापत्रलाई अन्तिम रुप दिने जिम्मेवारी दिएको छ। एमालेको घोषणापत्रमा आगामी १० वर्षमा नेपालीको आम्दानी ५ हजार अमेरिकी डलर बनाउने उल्लेख छ। आफ्नो नेतृत्वको ९ महिने शासनकालमा वृद्धभत्ता सुरु गरेको एमालेले त्यसलाई वृद्धि गरेर मासिक ५ हजार पुर्‍याउने प्रतिवद्धता घोषणापत्रमा गरेको छ। त्यस्तै अस्पतालमा सुत्केरी हुने महिलालाई १० हजार दिनुपर्ने घोषणापत्रमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.