|

काठमाडौं : निर्वाचन आयोगले मतदाताको विवरणदेखि उम्मेदवारको विवरण र मतपरिणामसम्मको जानकारी दिने उद्देश्यले मोबाइल एप्स र कल सेन्टर सञ्चालमा ल्याएका छ। शुक्रबार कान्तिपथस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबाट आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ‘ईसीएन’ नामको मोबाइल एप्स र कलसेन्टरको सुरुआत गरेका हुन्।

उनले स्थानीय तहको निर्वाचनबारे मोबाइल फोन प्रयोगकर्तालाई र ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै आयोगले मोबाइल एप्स र कल सेन्टर सञ्चालमा ल्याएको जानकारी दिए। ‘स्थानीय तहको निर्वाचनबारे मतदातालाई आवश्यक जानकारी दिन एप्स र कल सेन्टर सञ्चालनमा ल्लयाइएको हो’, यादवले भने, ‘प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणमलगायत १० विषयमा जानकारी पाउनेछन्।’

स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुसत र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा कल सेनटर प्रभावकारी हुने आयोगले जनाइसकेको छ। मतदाताले टोलफ्री नम्बर १६६००१४४२२२ नम्बरमा फोन गरेर स्थानीय तहको निर्वाचनबारे जानकारी लिन सक्नेछन्। सो नम्बरमा फोन गरेर मतदाताले आफ्नो मतदान केन्द्र तथा उम्मेदवारदेखि मत पणिाको अवस्थासम्म थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा कल गर्दा पैसा नलाग्ने आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.