|

लहान : सिरहाको सिरहा नगरपालिका १९ सन्हैठा जोगिया टोलमा शुक्रबार साँझ पोखरीमा डुबेर बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रमेश यादवका छोरा चार वर्षीय धिरज कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार खेल्दा खेल्दै घरनजिकै रहेको पोखरीमा डुबेका बालकलाई साँझ ५ बजेतिर वस्तुलाई पानी खुवाउन गएका स्थानीय बासिन्दाले पानीमा डुबेर अचेत अवस्थामा भेटेका थिए। पोखरीमा अचेत अवस्थामा भेटिएका बालकलाई तत्काल उपचारका लागि सिरहा जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.