|

हेटौंडा : राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले मुलुकमा योजनावद्ध ढंगले बौद्धिक आतंक सुरु भएको बताएका छन्। शनिबार हेटौंडामा भएको अन्तर्क्रिया कार्यक्रममा उनले योजनाबद्ध ढंगले भइरहेको बौद्धिक आतंक डरलाग्दो रहेको उल्लेख गरे।

बौद्धिक भनिएका केही व्यक्तिले नेपालमा हिन्दु धर्म र संघीयताको विषयलाई निकै डरलाग्दो ढंगबाट गलत प्रचार गरेको भन्दै उनले अन्य धर्मको प्रभाव बढाउनको लागि नेपालमा वौद्धिक आतंक सिर्जना गर्न खोजिएको आरोप लगाए।

थापाले मधेसी मोर्चालाई मूलधारमा ल्याएर निर्वाचन गर्नुपर्नेमा जोड दिए। उनले भने  'राप्रपा पनि राष्ट्रिय सभामा स्थानीय तहका प्रतिनिधिले भोट गर्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पार्टी हो, तर अहिलेको अवस्थामा मधेसलाई मूलधारमा ल्याउनुपर्दछ।' नेपालमा विदेशी प्रभाव बढेको उल्लेख गर्दै थापाले यो खतरनाक कुरा भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.