|

काठमाडौं : अमेरिका जाँदा भोग्नुपर्ने समस्यामा आधारित भएर फिल्म निर्माण हुने भएको छ। 'पशुपति प्रसाद' निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्ने उक्त फिल्मको नाम भने जुराइएको छैन। उक्त फिल्मको मुख्य कलाकारमा खगेन्द्र लामिछाने रहनेछन् भने अरु कलाकारहरुको खोजी भइरहेको र केही दिनमा फिल्मको नाम र कलाकार तय हुने निर्देशक खनालले बताए।

फिल्मका तीन पात्र हिँडेर अमेरिका जान्छन्। त्यस क्रममा भोग्नुपर्ने दुख नै फिल्मको मुख्य विषय हो। निर्देशक खनाल भन्छन् 'यो फिल्मका मुख्य तीन पात्रहरु हिँडेर अमेरिका पुग्ने छन्। फिल्मको मुख्य विषयबस्तु त्यही नै हो।'

फिल्मको लागत ५ करोड अनुमान गरिएको छ। सुरज सिने आर्टस् र दीपेन्द्र के पोडक्सनको सहकार्यमा निर्माण हुन लागेको उक्त फिल्ममा शर्मिला पण्डेको लगानी रहनेछ। दीपेन्द्र र शर्मिलाको यो दोस्रो सहकार्य हो। उनीहरुले यो भन्दा पहिला 'लभ लभ लभ' नामक फिल्म निर्माण गरेका थिए।

मंसिर १५ देखि छायांकन सुरु हुने फिल्मलाई नेपाल, भारत, थाइल्यान्ड, ब्राजिल, कोलम्बिया, मेक्सिको हुँदै अमेरिकाको टेक्साससम्म छायांकन गरिने निर्देशक खनालले बताए। फिल्मको कथा पनि निर्देशक खनाल आफैले तयार पारेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.