|

लहान : सप्तरीको सुरुङ्गा नगरपालिका ७ हरिपुरस्थित पूर्व–पश्चिम सडकमा भारतीय जिपको ठक्करबाट शनिबार बिहान गम्भीर घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर आउँदै गरेको बि.आर.३० पी १२०० नम्बरको सुमो जिपको ठक्करले घाइते भएका अन्दाजी वर्ष ४२ का बद्री साहको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहन्मा घर भएका साहलाई शनिबार बिहान साढे ८ बजेतिर साइकल चढेर घर फर्किरहेको समयमा जिपले ठक्कर दिएको थियो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल विराटनगर पुर्‍याएर उपचार गराउँदा गराउँदै बिहान साढे ११ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए। ठक्कर दिने जिप र भारतको बिहार घर भएका जिप चालक रामप्रसाद रायलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.