|

काठमाडौं : संविधान संशोधन विधेयक पारितका लागि सहयोग माग्न नेपाली कांग्रेसका तीन शीर्ष नेता शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन्। शनिबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ओलीको निवास बालकोट पुगेका हुन्।

कांग्रेस नेताहरुले मधेस केन्द्रित दलहरुको समेत समर्थन लिएर चुनाव गर्नका लागि संविधान संशोधन गर्नुपर्ने भन्दै सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। जवाफमा ओलीले राष्ट्रियता अखण्डता खतरामा पर्ने गरी हुने संशोधनमा सहयोग गर्न नसक्ने बताएका उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए।

ओलीले सरकारले राष्ट्रभाषा सम्बन्धी व्यवस्था, राष्ट्रिय सभा गठनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने अधिकार कटौती गर्ने र सीमांकन परिमार्जनलाई सरल बनाउने अहिलेको व्यवस्था खारेज गरेमा संशोधनमा सहयोग गर्न सक्ने बताए।

सरकारले मधेसी मोर्चाको माग पूरा गर्न भनी ल्याएको संविधान संशोधन विधेयकमा प्रदेशको सीमांकन परिमार्जनको विद्यमान व्यवस्थालाई सरल बनाइएको छ भने गाउँपालिका र नगरपालिकाका प्रमुखले राष्ट्रिय सभाका सदस्य चयन गर्न नपाउने व्यवस्था राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.