|

सिन्धुपाल्चोक : नेकपा एमालेले मेलम्ची नगरपालिकाको प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेपछि पार्टीकै असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको छ। मेलम्चीमा रहेको पार्टीको क्षेत्रीय कार्यालयमा शनिबार दिउँसो तालाबन्दी गरिएको हो।

नगर कमिटीले नगर प्रमुखमा धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाईँ र बालकृष्ण देउजाको नाम सिफारिस गरेको थियो। यसमध्ये देउजा उम्मेदवार बन्ने चर्चा थियो।

एमालेका करिब २ सय कार्यकर्ता आएर क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.