|

चितवन : भरतपुर महानगरपालिका २ स्थित आँपटारीमा आइतबार विहान दुई वटा घरमा आगलागी भएको छ।सो क्रममा सिलिण्डर पड्किंदा आगो निभाउन गएका स्थानीय भरत गुरुङ घाइते भएका छन्। उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

विहान करिव पाँच बजेको समयमा बुद्ध तामाङको घरको भान्छाबाट आगो सल्किएर छिमेकी वीरबहादुरको घरमा समेत आगलागी भएको थियो। आगलागीबाट एकलाख बढीको क्षति भएको प्रहरीको अनुमान छ। प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगो निभाएको छ। आगलागीको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ।

शनिवार साँझ भरतपुरको मुख्य चोक वीरेन्द्र क्याम्पस चोकमा हावाहुरीका कारण रुख ढल्दा तीन वटा गाडी र २ वटा घरमा क्षति पुगेको छ। रुख ढल्दा ना ४२ प  ६०८३ र ना ५ प १७२५ नम्बरको मोटरसाइकल र ना १ ह २५१८ को अटो रिक्सामा क्षति भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। नजिकै रहेको एउटा कस्मेटिक दोकान र खाज घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.