|

काभ्रेपलाञ्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनका लागि काभ्रेका स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ। शनिवारधुलिखेलमा पत्रकार सम्मेलन गरी राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामाले वैशाख ३१ गतेको निर्वाचनको लागि सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार घोषणा गरेका हुन्।

बनेपा नगरपालिकाको प्रमुखमा अनन्तप्रसाद दाहाल र उपप्रमुखमा रुपा विष्ट, पनौती नगरपालिकाको प्रमुखमा आरजु केसी र उपाध्यक्षमा अप्सरा विक, धुलिखेल नगरपालिकाको प्रमुखमा मनसुमन श्रेष्ठ र उपाध्यक्षमा रमा थापालाई उम्मेदवार बनाइएको छ। त्यस्तै पाँचखाल नगरपालिकाको प्रमुखमा विष्णुप्रसाद गौतम र उपप्रमुखमा सुनिता सापकोटा दनुवार, मण्डन देउपुर नगरपालिकाको प्रमुखमा रामकृष्ण सापकोटा, नमोबुद्ध नगरपालिकाको प्रमुखमा भीमबहादुर लामा र उपप्रमुखमा भवानी उप्रेतीलाई उम्मेदवार घोषणा गरिएको छ।

त्यस्तै रोशी गाउँपालिकाको अध्यक्षमा पशुपतिकुमार साह र उपाध्यक्षमा गंगामाया लामा, तेमाल गाउँपालिकाको अध्यक्षमा केशव लामा, खानीखोला गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर जिम्बा र उपाध्यक्षमा शारदा तिमल्सिना, चौरी देउराली गाउँपालिकाको अध्यक्षमा गन्दीपराज गिरी र उपाध्यक्षमा पवित्रा लामालाई उम्मेदवार बनाउने राप्रपाले जानकारी दिएको छ।

बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमलबहादुर लामा र भुम्लु गाउँपालिकाको प्रमुखमा नारायण उप्रेती उम्मेदवार घोषणा गरिएको छ। जिल्ला अध्यक्ष लामाले नगरपालिकाका वडाध्यक्षहरुको समेत नाम सो पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए। गाउँपालिकाका वडाध्यक्षहरु तथा बाँकी रहेको नगर एवं गाउँपालिकाहरुको उपप्रमुखको नाम छिट्टै टुङ्गो लगाउने लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.