तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा मिलको फित्ताले बेरिएर एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान धान कुटाउन मिलमा गएकी ५३ वर्षीया नरमाया पौडेलको सल मिलको फित्तामा अल्झिएपछि बेरिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिए।
पौडेललाई स्थानीयवासी कृष्णबहादुर लिम्बूको कुटानी पिसानी मिलमा फित्ताले बेरेको मृतकका श्रीमान् खम्बबहादुर पौडेलले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।