|

पर्वत : निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तरगतको बुर्तिबाङ–बाग्लुङ खण्डमध्ये २४ किलोमिटर सडककको कालोपत्रे यसै आर्थिक वर्षमा पूरा हुने भएको छ। ४३ किलोमिटर रहेको उक्त सडक खण्डमा असार मसान्तसम्म २४ किलोमिटर सकिएसँगै बाँकी १९ किलोमिटर आर्थिक वर्ष २०७४ को माघ महिनासम्म सक्ने लक्ष्यका साथ काम भइरहेको इन्जिनीयर राजु रानाभाटले जानकारी दिए।

निर्माण चरणमा रहेको हटिया खर्वाङ खण्डमा शंकर माली कम्पनीले १२ किलोमिटर कालोपत्रे गर्ने गरी काम अगाडि बढाएको छ। खर्बाङ ठूलाबेंसी खण्डमा रौताहा कन्स्ट्रक्सन कम्पनीले ८ किलोमिटर र ठूलाबेंसी बुर्तिबाङ खण्डको ४ किलोमिटर दिवा निर्माण कम्पनीले कतै कालोपत्रे गरिसकेको र कतै कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार पारिरहेको आयोजनाका सिनियर डिभिजन इन्जिनीयर बुद्धिप्रसाद शर्माले बताए।

त्यस्तै, बुर्तिबाङको सेराफाँटदेखि पातिहाल्ने सम्मको कामसमेत तीव्र रुपमा भइरहेको छ। आगामी दुई वर्षसम्म काम सक्ने लक्ष्यका साथ सेरादेखि १७ किमी शंकर माली, १४ किलोमिटर कालिका प्यासिफिक र ११ किमी इसिआई कन्काई जेभी कम्पनीले गरी ४२ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। यो सँगै हटिया बाग्लुङ खण्डको करिब ५० किमीमध्ये २० किमी कालोपत्रे भइसकेको छ भने  बाँकी ३० किमी सडक आगामी तीन वर्षमा कालोपत्रे गरी सक्ने गरी प्याकेजमा काम अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.