|

काठमाडाै‌ : नेकपा क्रान्तिकारी माओवादीको पत्रकार संगठन क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशनमा केन्द्रीय पार्शदका लागि उम्मेदवारी दिएका आफ्नो संगठनको सदस्यलाई प्रदेश पार्शद बनाएकोमा आपत्ति जनाएको छ। 

वैशाख ८ देखि १० गतेसम्म भएको अधिवेशनमा क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवाल र काठमाडौं जिल्ला संयोजक रामचन्द्र हुमागाईंले सबै प्रक्रिया पूरा गरेर केन्द्रीय पार्शदमा उम्मेदवारी दिए पनि निर्वाचन समितिले उनीहरुको नाम प्रदेश पार्शदको सूचीमा प्रकाशित गरेपछि आपत्ति जनाएको हो।  अध्यक्ष इन्द्र राउतले शनिबार विज्ञप्ति जारी गरी आफ्नो संगठनको अस्तित्वमाथि धावा बोलिएको भन्दै विरोध जनाएका छन्। 

'शाखाले तय गरेको प्रक्रिया पूरा गरेर केन्द्रीय पार्शदका लागि उम्मेदवारी दिएकोमा निर्वाचन समितिले उहाँहरुको नाम प्रदेश पार्शदको सूचीमा प्रकाशित गरेको पाइयो' विज्ञप्तिमा भनिएको छ 'हाम्रो संगठनको अस्तित्वमाथि धावा बोलिएको अर्थमा हाम्रो संगठन यसको कडा शब्दमा निन्दा एवं भर्त्सना गर्दछ र, यो निर्णयलाई खारेज गर्दछ।'

नेपाल पत्रकार महासंघको साझा चरित्रलाई धुलिसात पार्दै एकाध संगठनको बर्चस्व स्थापित हुने गरी महासंघको विधि र विधान विपरीत निर्वाचन समिति र महासंघको नेतृत्वले स्वेच्छाचारिता र निर्लज्जता प्रदर्शन गरेको भन्दै विज्ञप्तिमा यसले पत्रकार महासंघकै चरित्र धमिलो पारेको उल्लेख गरिएको छ।

'यो सामान्य र अन्जानवश भएको कमजोरी नभई नियोजित रुपमा नेपाल पत्रकार महासंघभित्र हुर्किरहेको फासिवादी, निरंकुश र निषेधकारी प्रवृत्ति बोकेका सिन्डिकेटवाला ‘विचौलिया’हरुको व्यवहारको अभिव्यक्ति हो।' विज्ञप्तिमा भनिएको छ 'यो प्रवृत्तिले पत्रकार महासंघलाई आम श्रमजीवि पत्रकारहरुबीचमा मात्रै होइन, सिंगो नागरिक समाजमाबद्नामर घृणित तुल्याएको छ।'

क्रान्तिकारी पत्रकार महासंघले निर्वाचनका सबै परिणाम खारेज गरेर महासंघको विधि विधान अनुसार पुन निर्वाचनको घोषणा गर्न पनि माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.