|

काठमाडौं : पत्रकारिता र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाइरहेका अक्षर काकाका नामले चिनिने रामनाथ खनालको पहिलो उपन्यास ‘देउती' बजारमा आएको छ। 'देउती' उपन्यासको शनिबार पत्रकार एवम् लेखक नारायण वाग्ले, समीक्षक गुरुङ सुशान्त र लेखक अक्षर काकाले लोकार्पण गरेका हुन्।

उपन्यासको लोकार्पण एवं अन्तरसंवाद कार्यक्रममा उपन्यासबारे बोल्दै पत्रकार एवं लेखक नारायण वाग्लेले उपन्यासमा वर्तमान समयका महिलाहरुको दैनिक भोगाइ रहेको बताए। 'यो भातिजले लेखेको काकाको उमेरको कथा हो', वाग्लेले भने, 'यसमा हामीले देख्दै आएको महिला दिदी बहिनीको दु:ख छ।' त्यस्तै समीक्षक गुरुङ सुशान्तले भने, 'देउतीले परम्परागत विश्वास पद्धतिको झल्को दिएको छ।'

उपन्यासकार अक्षर काकाले 'देउती' मार्फत शिवपुरी–इन्द्रावती परिवेशको सामाजिक मनोदशा र महिलाहरुको अवस्थाको चित्रण गरिएको बताए। 'यो हाम्रै दिदी आमा बहिनीबाट प्रभावित भएर लेखिएको कथा हो', उनले भने, 'कथा बियोगान्त छ। फेरि-फेरि यस्तै कथा लेख्न नपरोस्।'

कथ्य भाषा, आञ्चलिकता र नारीको मनोदशा प्रस्तुत गरिएको उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.