|

कालिकोट : जिल्ला ट्राफिक कार्यालय कालिकोटले आर्थिक वर्ष ०७३÷०७४ को चैत महिनासम्म ४ लाख ४० हजार ३ सय रुपैयाँ संकलन गरेको छ । ट्राफिक नियमको उल्लंघन गर्ने, नियमविपरीत यातायातका साधन चलाउनेलाई कारबाही गरेर राजस्व संकलन गरेको हो।

आर्थिक वर्ष ०७१/०७२ मा ४ लाख ३ हजार ४ सय ७२ रुपैयाँ राजस्व, आव ०७२/०७३ मा ५ लाख ८८ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक बर्षको भन्दा यस वर्ष अझै राजस्व बढी उड्न सक्ने जिल्ला ट्राफिक कार्यालय कालिकोटको अनुमान छ।

नियमविपरीत यातायातका साधन चलाउने, मापासे गरेका, लाइसेन्स नलिएर गाडी चलाउने लगायतका यातायात नियमविपरीत कार्य गर्नेलाई कारबाही गरेर यो राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रमुख कवि सेन्चुरीले बताए। ‘नियमविपरीत यातायातका साधन चलाउनेलाई कारबाही गरेर यो राजस्व संकलन भएको हो।’ उनले भने, ‘ट्राफिक नियम कडा पारिएकाले दुर्घटनामा कमी आएको छ।’

कर्णाली राजमार्गमा गाडी चल्ने समय बढ्यो

विगतमा राति समयको यातायातका साधन चलाउँदा कर्णाली राजमार्गमा दुर्घटना बढेको जनाउँदै बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म मात्र यातायातका साधन चल्ने गरेको कर्णाली राजमार्गमा वैशाख १३ गतेबाट लागू हुने गरी बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म यातायातका साधन चल्ने गरी नियम परिवर्तन गरेको छ।

क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालय जुम्ला, मुगु, कालीकोट र रारा आउने पर्यटनको सुझावलाई ध्यानमा राखेर यातायात साधन चल्ने समय परिवर्तन गरेको हो।

कर्णाली राजमार्गमा चल्ने यातायातका साधनमा टाइम कार्ड लागु गरिएका कारणले दुर्घटना न्यूनीकरण आएको क्षेत्रीय प्रशासन कार्यालयले पछिल्लो चरणमा समय पनि परिवर्तन गरेको परिपत्र हामीलाई प्राप्त भएको जिल्ला ट्राफिक कार्यालय कालिकोट प्रमुख सेन्चुरीले बताए । ‘क्षत्रीय प्रशासन कार्यालय यातायात साधन चल्ने समय परिवर्तन गरिएको जानकारी आएको छ’ उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.