काठमाडौं : इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको टोटनह्यामले बलियो प्रतिद्वन्द्वी आर्सनललाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा टोटनह्याम २-० ले विजयी भयो।
उसको जितमा डेलि अली र ह्यारी केनले गोल गरे। जितसँगै उसले लिग लिडर चेल्सीसँगको अंक दूरी ४ मा झारेको छ।
यसअघि गएराति नै भएको खेलमा चेल्सी एभर्टनविरुद्ध ३-० ले विजयी भयो। यस्तै अन्य खेलमा म्यान्चेस्टर युनाइटेड र स्वान्सी सिटी तथा मिडल्सबर्ग र म्यानचेस्टर सिटीले बराबरी खेले।
तपाईंको ईमेल गोप्य राखिनेछ ।